२०८३ असोज २९ गते बिहिवार

तुलसीपुरमा ८ जना वडाध्यक्ष र १७ जना वडासदस्यहरुले राजिनामा दिए

तुलसीपुर,बैशाख ९ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि तुलसीपुरमा २५ जना जनप्रतिनिधिहरुले पदबाट राजिनामा दिएका छन ।

यो समाचार तयार गर्दा सम्म तुलसीपुर उपमहानगरपालिकाबाट २५ जनाले पदबाट राजिनामा दिएको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शुक्रवार दिउंसो ३ ः १५ बजेसम्म ८ जना वडाध्यक्ष र १७ जना वडा सदस्यहरुले पदबाट राजिनामा दिएका हुन ।

राजिनामा दिने वडाध्यक्षहरुमा वडा न. २ का अध्यक्ष राजु आचार्य,वडा न. १६ का अध्यक्ष भुपबहादुर केसी,वडा न. १० का अध्यक्ष कुमार लामिछाने,वडा न. ९ का अध्यक्ष घनश्याम ढकाल,वडा न. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह,वडा न. १५ का अध्यक्ष लक्ष्मण चौधरी,वडा नं १७ का अध्यक्ष थलराज पुरी,वडा न. १८ का अध्यक्ष माधव वलि रहेका छन ।


त्यस्तै वडा सदस्यहरुमा वडा न. १९ का देउकली नेपाली र केशर बहादुर पुन,वडा न. ७ का सारदा सुनार,वडा न. १६ का दण्डबहादुर खत्री,वडा न.२ का कविराम चौधरी,राजकुमार केसी,कमला थापा,वडा न. ६ बाट यमुना परियार,वडा न.५ का अजय बुढाथोकी,सावित्री गुरुङ,मधुमति सुनार,सुरेश कुमार श्रेष्ठ,वडा न. ११ का निर्मा चौधरी,वडा न.१८ का शितल प्रसाद बुढामगर,वडा १८ का सदस्य जिगन्या चौधरी,वडा नं. ७ का रामबहादुर जिसी,वडा न. ६ का दुजमान भण्डारी र वडा न. १६ का पार्वता कामीले पदबाट राजिनामा दिएका हुन ।

सुचना अधिकारी न्यौपानेका अनुसार राजिनामा दिने क्रम बैशाख ११ गतेसम्म जारी रहने छ । निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

सोही अनुरुप आगामी स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् ।

उम्मेदवारी दिंदा राजिनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधान विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजिनामा दिनुपर्ने छ ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *