दाङ, बैशाख ९ । नेपाली कांग्रेस सल्यानले जिल्लाका तीन नगरपालिकाको लागि उम्मेद्बारहरुको नाम सिफारिस गरेको छ।
कांग्रेस सल्यानले प्रदेश कार्यालयमा तीन नगरपालिकाका प्रमुख र उपप्रमुख नाम सिफारिस गरेको गरेको हो ।
सिफारिस अनुसार शारदा नगरपालिकाको मेयरमा प्रकाश भन्डारी, साबित्रा बस्नेत र सचेत शाहको नाम सिफारिस गरिएको छ । त्यस्तै उपमेयरमा ज्ञानु अधिकारी, सुस्मिता सापकोटा र चन्द्रीका हमालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै बागचौर नगरपालिकाको मेयर पदका लागि जनकराज गौतम, प्रमिला चन्द र डिलबहादुर वलीको नाम सिफारिस गरिएको छ । यहाँ उपमेयरका लागि भौम गौतम न्यौपाने, दीपा बस्नेत र सुशीला केसीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै जिल्लाको अर्कौ नगरपालिका बनगाड कुपिन्डेको मेयरका लागि दिपेन्द्र बिष्ट र सुन्दरा शाहीको नाम शिफारिस गरिएको छ भने उपमेयरका लागि पुरुसोत्तम आचार्य, उषा राना र रीता वलीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर बिष्टले जानकारी दिए ।
नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिले जिल्लाले सिफारिस गरि पठाएका नामहरुबाटै उम्मेदवार छनोट गर्ने छ ।