२०८३ भाद्र ११ गते बिहिवार

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ


काठमाडौं,बैशाख ८ । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् ।

बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत पाटन बुझाइएको छ ।

उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *