२०८१ माघ ३ गते बिहिवार

संचारकर्मी पीडितले त्यागे माओवादी केन्द्र

दाङ, बैसाख साहित्यकार एवं संचारकर्मी केएल पीडितले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गरेका छन् ।

संचारकर्मी पीडितले माओवादी केन्द्रलाई एक पत्र लेखेर पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । माओवादी केन्द्रले लामो समयदेखि भूमिकाविहिन बनाएर अन्याय गरेको र पार्टीमा व्यापक गुटबन्दी एवं विचलन देखिएकोले पार्टी परित्याग गरेको जनाएका छन् ।


२०४६ सालको आन्दोलनसंगै राजनीतिमा जोडिएका पीडितले प्रारम्भदेखि माओवादी जनयुद्धलाई समर्थन गरेर माओवादी आन्दोलनमा जोडिएका थिए । तत्कालीन समयमा माओवादी पार्टीको मुखपत्र नौलो जनउभार साप्ताहिकको कार्यकारी सम्पादकको भूमिकाबाट पार्टी र क्रान्तिमा योगदान गरेका थिए ।

त्यस क्रममा भूमिगत जीवन, सैनिक हिरासत लगायत सैनिक आक्रमण झेलेका पीडित निरन्तर सामाजिक, राजनीतिक एवं साँस्कृतिक अभियानहरुमा सक्रिय छन् ।


नेपाल पत्रका महासंघ दाङका पूर्व अध्यक्ष समेत रहेका पीडित नयाँ युगबोध दैनिक, नौलो जनउभार साप्ताहिक, योजना साप्ताहिक, नेपाल टेलिभिजन हुँदै अहिले पहल संचार अनलाइनमा आवद्ध छन् ।


प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय सदस्य पीडितका सहर पसेपछि, झोला र सपनाहरु (कविता संग्रह), समयको कथा ९कथा संग्रह०, हृदयका सरगमहरु (गीति संग्रह), आह्वान (गीति एल्बम) प्रकाशित कृतिहरु हुन् ।

पछिल्लो समय चलचित्रकर्ममा सक्रिय रहेका पीडितले २ दर्जन बढी नाटक तथा ओपेराको लेखन तथा निर्देशन गरेका छन् भने भुइँह्यार लावाजुनी गरी दुई चलचित्रको निर्माण एवं निर्देशन गरेका छन् ।

चलचित्र महोत्सव, संगीत अवार्ड, कार्यशाला एवं अनेक साँगीतिकरसाँस्कृतिक अभियान संचालन गरेर कला, संस्कृतिको प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएका पीडित सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।


लामो समयदेखि माओवादी केन्द्रमा न्यायोचित भूमिकाको माग गरिरहेका पीडितले आफू नयाँ राजनीतिक भूमिकाको खोजीमा रहेको बताएका छन् । ‘म एक सक्रिय व्यक्ति हुँ । अब नयाँ तरिकाले राजनीतिमा अघि बढ्ने सोचमा छु ।’ पीडितले भने।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *