२०८३ भाद्र ११ गते बिहिवार

वडा सदस्यको सिफारिसमा नपरेपछि उजुरी

घोराही, बैशाख ६ । बैशाखद ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा तहबाट बिधान बिपरित उम्मेदवार सिफारिस गरिएको भन्दै घोराही उपमहानगरपालिका–५ का दुर्गा डाँगीले कांग्रेस क्षेत्रीय कार्यसमितिमा उजुरी दिएका छन ।

उनले लामो समयदेखि कांग्रेसमा आवद्ध भएर काम गरेको र पार्टीको नीति निर्देशन अनुसार योग्य र सक्षम व्यक्तिलाई पूर्वाग्रही रुपमा रोक्दै बिधान विपरित आफु निकटका मान्छेहरुलाई वडा कार्यसमितिले सिफासि गरेको दाबीसहित कांग्रेस क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिमा उजुरी दिएका हुन ।

जस्मा उनले आँफुलाई वडा सदस्यको लागि एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् ।

विगत लामो समयदेखि कांग्रेसमा आवद्ध भएर काम गरेको अनुभव रहेको र कांग्रेस भएकै कारण विभिन्न समयमा दु ः ख समेत पाएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

जनताको सेवाका लागि वडा सदस्यका लागि दावी पेश गरेकोमा गुटको आधारमा पूर्वग्राही रुपमा आफ्नो नाम सिफारिस नगर्नु अन्याय भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि समेत रहेका डाँगीले क्षेत्रीय कार्यसमितिलाई घट्नाको सत्यतथ्य बारे छानविन गर्दै वडा सदस्यको सूचिमा आफ्नो नाम समावेश गरेर न्यायोचित निर्णय गर्न माग गरेका छन् ।

डाँगी २०३६ सालको जनमत संग्रहदेखि नेपाली कांग्रेसको कार्यकर्ता रहँदै आएका छन।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *