बुटवल, बैशाख ६ । नेपाली कांग्रेसको भागमा परेको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सत्तारूढ पाँच दलीय गठबन्धनको भागबण्डापछि काँग्रेसले पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पण्डे नेपाली कांग्रेस बुटवल नगर सभापति समेत हुन । सोमबार बसेको नगर समितिको बैठकले पाण्डेको मात्रै नाम सिफारिस गरेको हो ।
पाण्डे २०७४ सालमा पराजित भएका थिए। यस्तै, उपप्रमुख पद नेकपा एकीकृत समाजवादीको भागमा परेपनि नेपाली कांग्रेसबाट पनि आठ जनाको नाम सिफारिस गरिएको छ।
उपमहानगरभित्रका १९ वटै वडा सभापतिसहितको बैठकले नगर उपप्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार