
दाङ,बैशाख ५ । नेकपा माओवादी केन्द्रका दाङका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।
सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए ।
गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए ।
त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा पार्टीको तर्फबाट कोही चुनाव लड्न तयार नभएका बेला आफूले उम्मेदवारी दिएको गौतमले बताए ।
अहिले नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेको उनले टिप्पणी गरे । माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको गौतमले बताए ।
उनले माओबादीले एमसिसि पास गरेर रास्ट्रघात गरेको आरोप लगाए । साथै उनले तत्काल कुनै पार्टीको सदस्यता नलिने बताए ।
प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार