तुलसीपुर, बैशाख ४ । नेपाली काँग्रेसले नेपाली काँग्रेसले तुलसीपुरमा मेयरका लागि १९ जनाको नाम सिफारिस गरिएको छ ।
काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी , पूर्व पार्टी सभापति घनश्याम रेग्मी, यसअघिका पार्टी सभापति कीर्तिबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नगर सभापति सुरेश हमाल, महाधिबेशन प्रतिनिधि बिमल रिजालको नाम क्रमश सिफारिस गरिएको छ ।
त्यस्तै अन्यमा तुलसीपुर – ७ का वडाध्यक्ष टोपबहादुर केसी, कृष्ण गिरी, डा. नहुकुल केसी, डिल्लीबहादुर बस्नेत, किरण शाह, सुरेन्द्र गिरी, जनकप्रशाद खराल, सुष्मा गिरी, चूर्ण चौधरी लगाएत नयाँ शक्ति पार्टीबाट पार्टी प्रबेश गरेका शिक्षक समेत रहेका नेत्रलाल भट्टराई (नारायण) को नाम रहेको छ ।
काँग्रेसले तुलसीपुरको उपमेयर तर्फ गत स्थानीय निर्वाचनमा उपमेयरमा पराजित देबकी नेपाली, देबा डाँगी, पबिता शर्मा, चित्रा गिरी, यमुना शाह, पबित्रा रिजाल र रामचन्द्र केसीको नाम सिफारिस गरेको नगरसभापति सुरेश हमालले जानकारी दिए ।
नेकपा एमालेबाट तुलसीपुरमा यसअघिका जिल्ला अध्यक्ष टीकाराम खड्काको नाम सबैभन्दा बढी चर्चामा छ ।
त्यस्तै जिल्ला कमिटी सचिव मनोहर बुढाथोकी, सहसचिब कृष्ण भुसाल, तुलसीपुर – ६ का वडाध्यक्ष नबराज लामिछाने र उपमेयर माया शर्माको नाम एमालेबाट मेयरका लागि सिफारिस गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।
उपमेयरमा ‘दिदी घर’ संस्थाकी श्यानी चौधरी, नेतृ युवा करारा, रेखा शर्माको नाम सिफारिस भएको छ ।
नेपाली काँग्रेसबाट घोराहीमा मेयरका रुपमा एक जना भूपबहादुर डाँगीको मात्रै नाम सिफारिस गरिएको घोराही नगरसभापति तिलक रावतले जानकारी दिए ।
त्यस्तै उपमेयरमा दश जनाको नाम सिफारिस गर्न थालेको रावतले बताए ।
जस्मा साबित्रा राना,पुष्पा श्रेष्ठ, गोमा रावत, जानका केसी, बालिका लम्साल, टीका डाँगी, निरजा पोखरेल, माया पोखरेल लगाएत रहेका छन् । २०७४ सालमा पुष्पा श्रेष्ठ उपमेयरमा पराजित भएकी थिइन ।
त्यस्तै लम्साल अहिले जिल्ला कार्य समिति सचिव हुन ।
एमालेले घोराहीमा अहिलेका मेयर नरुलाल चौधरी, उपमेयर सीता न्यौंपानेको नाम मेयरको लागि सिफारिस गरेको छ ।
त्यस्तै उपमेयरमा होमा डिसी, हिरा पुनको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बस्नेतले बताए ।
जिल्लाका अर्कौ एक नगरपालिका लमहीमा नगरपालिकामा मेयरका लागि १७ र उपमेयरका लागि दश जनाको नाम सिफारिस गर्ने तयारी गरिएको छ ।
नगरसभापति सञ्तोष बुढाथोकीले आकांक्षीको टुंगो लागगि सकेको र सोमबारसम्म नाम सिफारिस गरिने जानकारी दिए ।
जस्मा कर्णबहादुर बहादुर बुढाथोकी, जोगराज चौधरी, राकेश पन्त, देबकी बेलबासे लगाएत रहेका छन् ।
बुढाथोकी २०७४ सालको निर्वाचनका पनि आकाँक्षी थिए । तर स्वर्गिय नेता खुमबहादुर खड्काको आग्रहमा उनले अन्तिममा उम्मेदवारी फिर्ता लिएका थिए ।
चौधरी मेयरमा पराजित भएका ब्यक्ति हुन । बेलबासे अहिलेकी उपमेयर हुन ।
उपमेयरमा गीता चौधरी, लक्ष्मी योगी, गंगा चौधरी, मधुलिका चौधरी लगाएतको नाम सिफारिस गर्न थालिएको नगर सभापति बुढाथोकीले बताए ।
नेकपा एमालेले लमहीको मेयरका लागि अहिलेका मेयर कुलबहादुर केसी, डण्डीराम चौधरी, रतन केसीको नाम सिफारिस गरेको छ ।
त्यस्तै उपमेयरमा सुशीला शर्मा र निर्मला चौधरीको नाम सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।