२०८३ असोज २९ गते बिहिवार

प्युठानको नौवहिनीमा गठवन्धन भत्किएपछि जनमोर्चा एक्लियो

प्यूठान,बैशाख ३ । नौवहिनी गाउँपालिका प्यूठानमा गठवन्धन भत्किएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएपछि अर्को दल राष्ट्रिय जनमोर्चा एक्लिएको हो ।

सत्तारुढ दलका तीन दलले आफूहरुलाई सहभागी नगराएको राष्ट्रिय जनमोर्चा प्यूठानमा सल्लाहकार एवं नौवहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले जानकारी दिए ।

‘बैठकमा बोलाएर कांग्रेस र माओवादीले छुट्टै बैठक बस्छौ भनेपछि नोट अफ डिसेन्ट लेखेर हामी बाहिरियौँ’,पहाडीले भने,‘पुरानै अनुहार दोहोरिने गरी भागवण्डा गरेको खबर छ । हामीलाई पूनस् बैठकमा बोलाएनन् ।’

हाल नौवहिनी गाउँपालिकामा कांग्रेस र माओवादीको साझेदार सत्ता छ । वडा नम्वर १ स्याउलीवाङ समाजवादीलाई तीनरतीन वटा वडा कांग्रेस माओवादीलाई भागवण्डा गरिएको पाइएको छ ।

विवादमा रहेको फोप्लीको वडामा सहमती भएको छैन् । गाउँपालिका अध्यक्षमा पूनस् वहालवाला अध्यक्ष कांग्रेसका शिव रिजाल र उपाध्यक्षमा माओवादीका घन बहादुर बुढालाई दोहोर्‍याउने सहमती भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नौवहिनीमा कांग्रेस, माओवादीको चुनावी तालमेल भएको थियो ।
राष्ट्रिय जनमोर्चा र नेकपा एमालेले पनि तालमेल गरेका थिए । राजमोका पहाडी यस अघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए ।

राजमोले वडा नम्वर ४ र ६ को वडा अध्यक्ष माग गरेपछि सहमती हुन नेपाली कांग्रेसका जिल्ला सदस्य एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए ।

‘उहाँहरुले मागेको पद हामीले दिन सक्ने अवस्था भएन’,रिजालले भने,‘केही सदस्यमा सहमती गरौँ भनेको हो नमानेपछि उहाँहरुलाई साथमा लिन सकिएन् ।’

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *