सल्यान,चैत ३० । सल्यान जिल्लाको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
मेयर बुढाथोकीले आफु चढ्दै आएको बा २ झ ४५३५ नम्बरको स्कारपियो गाडी बुधबार नगरपालिकालाई फिर्ता गरेका हुन् ।
उनले गाडी बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई हस्तान्तरण गरेका हुन् ।
प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार