भैरहवा,चैत २९ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डा. चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन सार्ने कुरा हुनै नसक्ने दावी गरेका छन् ।
उनले कुन नेता कतिखेर बरबराउँछ, किन बरबराउँछन्, विपना वा सपनामा बरबराउँछन् भन्ने छुट्टै कुरा भएको बताए ।
लुम्बिनी प्रेस क्लबले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले कांग्रेसले शान्ति र संविधानको नेतृत्व गरेको बताए ।
उनले भने, ‘कांग्रेसको आफ्नो लक्ष्य–उद्देश्य छ, माओवादीले हतियार बोक्यो, उसको आफ्नो लक्ष्य छ, एमालेको आफ्नो लक्ष्य छ, राप्रपा नयाँ तरिकाले लागिरहेको छ । ’
प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार