तुलसीपुर, चैत २७ । नेकपा एमालेले तुलसीपुर उपहानगरपालिका वडा नं. १० को वडाध्यक्षमा यमराज केसीको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको वडा कमिटीको बैठकले पढ्ढा निवासी केसीको नेतृत्वमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको हो ।
‘स्थानीय निर्वाचनका लागि अध्यक्ष पदको उम्मेदवारमा सर्वसम्म्त चयन गरेको हो,’ गोबिन्द बस्नेतले भने ‘ यसपटक बौद्धिक र शालिन ब्यक्ति केसीको वडाध्यक्षका रुपमा जित हुने छ ।’
यसअघि तुलसीपुर १० मा नेपाली काँग्रेसले वडाध्यक्ष लगाएत सम्पूर्ण पदहरु जितेको थियो ।
एमालेले केसीको नेतृत्वमा पुरुष सदस्य.तर्फ ज्ञानबहादुर खड्का, शिश्वर वियोग चौधरी, महिला सदस्य . भगवती धिताल र सरु सुनारको नाम सिफारिस गरि जिल्लामा पठाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
