२०८१ चैत्र १३ गते बुधवार

जुम्लादेखि रारासम्मको ४९ किलोमिटर म्याराथन प्रतियोगिता सुरू

जुम्ला,चैत २६ । जुम्लादेखि मुगुको रारा तालसम्मको तेस्रो म्याराथन दौड प्रतियोगिता सुरू भएको छ।

४९ किलोमिटर लामो म्याराथन प्रतियोगितामा महिलार पुरुष गरी ७८ खेलाडी प्रतिष्पर्धामा रहेको आयोजक कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए।

आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै स्थानीय प्रतिभाहरूको पहिचान देशविदेशमा स्थापित गर्ने उद्देश्यका साथ सन् २०१८ देखि क्लबले म्याराथन प्रतियोगिता गर्दै आएको अध्यक्ष शाहीले जानकारी दिए।

प्रतियोगिताको शनिबार बिहान सात बजे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे।

जुम्लाको चन्दननाथ मन्दिरबाट प्रतियोगिता सुरू भएको हो। ओलम्पिएन एवम् एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाको संयोजकत्वमा तेस्रो म्याराथन प्रतियोगिता सुरू भएको हो।

खेलाडीमा उत्साह थप्न नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर पनि पुगेका थिए।

प्रतियोगिता अन्तर्गत पाँच किलोमिटर प्रतिस्पर्धामा अण्डर सिस्टिनतर्फ दुई सय २५ जना र खुल्लातर्फ कर्मचारी, व्यापारीसमेत गरी दुई सय ४० जनाजति सहभागी रहेको क्लबका अध्यक्ष शाहीले बताए।

कुल ६ सय खेलाडी प्रतियोगितामा सहभागी रहेपनि ४९ किलोमिटर म्याराथनका लागि भने ७८ खेलाडी सहभागी रहेको उनले जानकारी दिए। ४९ किलोमिटर म्याराथनका सहभागी खेलाडी दिउँसो साढे १२ बजेदेखि एक बजेसम्म रातासम्म पुग्ने अनुमान गरिएको छ।

यो प्रतियोगितामा प्रथम हुने खेलाडी मध्य महिलारपुरुष दुबैलाई जनही एक लाख २५ हजार, द्वित्तीय हुनेले ७५ हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीले ५७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक संस्थाले जानकारी दिएको छ।

प्रतियोगितामा मुलुका विभिन्न १० जिल्लाका खेलाडीको सहभागिता छ। छिमेकी देश भारतका समेत केही खेलाडी सहभागी रहेको शाहीले जानकारी दिए।

प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले संसारको ध्यान खिच्ने प्रतियोगिता बनाउन आवश्यक रहेको बताए।

‘कर्णाली विश्वमा चिनाउन र चम्काउन कर्णाली प्रदेश सरकारले जे(जस्तो भूमिका खेल्नुपर्छ त्यसको लागि हामी तयार छौं,’ उनले भने, ‘खेलाडीको सम्मान र खेलाडी बाँच्न पाउने आधार तयार गर्नु राज्यको दायित्व हो।’

मुख्यमन्त्री शाहीले कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, हरिबहादुर रोकायाजस्ता खेलाडीलाई उचित सम्मान र जीवनयापनको प्रबन्ध राज्यले गर्न जरुरी रहेको बताए।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *