दाङ,चैत २५ । नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी चयन भएकी छिन ।
बर्दियामा सम्पन्न संगठनको प्रथम महाधिवेशनबाट सांसद् चौधरी सर्वसम्मत रुपमा पुनस् अध्यक्ष चयन भएकी हुन ।
महाधिवेशनले चौधरीको नेतृत्वमा पदाधिकारीसहित सिंगो कमिटी नै सर्वसम्मत रुपमा चयन गरेको छ ।
महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेका थिए ।
प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार