२०८३ भाद्र ११ गते बिहिवार

कांग्रेस क्षेत्र न. २ ले गठन ग¥यो संसदीय समिति

घोराही, चैत २४ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले १३ सदस्यीय क्षेत्रीय संसदीय समिति गठन गरेको हो ।

जसमा सभापति भिमप्रकाश खड्का, उपसभापतिहरु प्रकाश श्रेष्ठ, अभियान बस्नेत, सचिवहरु हिमबहादुर डाँगी, आर.के.शीतल, सहसचिवहरु रमेशकुमार पाण्डेय, रञ्जीत श्रेष्ठ, कोषाध्यष गोपाल भुषाल, सदस्यहरु चित्रबहादुर डाँगी(निर्मल), हिमाल महरा, निमबहादुर चौधरी, जयभोला परियार र देवा सुवेदी रहेका छन ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षताममा बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी सचिव आर।के।शीतलको संयोजकत्वमा प्रचारप्रसार सामाग्री निर्माण उपसमिति गठन गरेको छ । जसको समस्यमा मधुसुदन अधिकारी, पदम शर्मा, खुमा खड्का रहेका छन ।

बैठकले नेपाली कांग्रेसको ‘घर–घर जाँउ कांग्रेस जिताउ अभियान’ को क्षेत्रमा हालसम्म भएका क्रियाकलापहरुको समीक्षा गर्दै अभियानलाई अझै तीव्र रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *