दाङ, २० चैत । शान्तिनगर गाउपालिका—७ वुराडावरका मौरीपालक किसान चित्रभान खत्रीलाइ अहिले उनले उत्पादन गरेको महको मार्केटिङकालागी कुनै समस्या छैन ।
२ सय ५० गोला मौरीका घार स्याहार्दै आएका खत्रिले बार्षिक लागत कटाएर ८ लाख रुपैया आम्दानी गर्ने गरेका छन् ।
यसैबाट उनको चार छोराछोरी सहित ६ जनाको परीवारको रोजिरोटि, शिक्षा, स्वास्थ्य र अन्य भैपरीआउने खर्च टरेको छ । २ जनालाइ उनले फर्ममा नियमित रोजगारी समेत दिएका छन् ।
‘महिला सामुदायिक सेवा केन्द्रद्धारा सन्चालित लघुवित्त कार्यक्रममा जोडिएपछि उनले शिपमुलक तालिम मात्र पाएनन्, पटक पटक मौरी पालन व्यवसाय सन्चालनकालागी ५० हजार रुपैया देखि ५ लाख रुपैया सम्म पनि विनाधितो ऋण समेत लिएर आफ्नो व्यवसाय विस्तार गर्दै यहां सम्म पु¥याए । उनको फर्ममा सिजन सिजनका मह उत्पादन हुन्छ । सिजन अनुसार चिउरीको महं, तोरीको महं अनि रुदिलोको मह समेत उत्पादन हुने गरेको छ ।
‘मह उत्पादन मौरीले गरीदिन्छन्, बजारीकरण महिला सामुदायिकले गरिदिएको छ, हामीले त मौरीको समयानुकुल स्याहार गर्ने मात्रै हो’, खत्रीले स्पष्ट रुपमा भने, अन्त भन्दा मुल्य पनि महिला सामुदायिकको हरीत बजारले बढि दिएको छ ।
सुरुमा व्यावसाय गर्ने कुनै श्रोत नभएर रनभुल्लमा परेका खत्री महिला सामुदायिकले तात्कालिन अवस्थामा सन्चालन गरेको लघुवित्त कार्यक्रममा जोडिए, व्यवसायीक शिप हासिल गरे, व्यवसाय सन्चालनकालागी विना धितो ऋण पनि पाए, अनि अहिले सफल व्यवसायीका रुपमा स्थापित भएका छन् ।
‘छोराछोरीलाइ काठमाण्डौ देखि घोराही तुलसीपुर सम्म पठाएर उच्च शिक्षा पढाउने आधार यहि व्यवसायनै हो’, उत्साह,शिप, जागर र लगानीकालागी सपोट गर्नै संस्थाको तालमेल भएपनि सानोपुजिबाट पनि जिविकोपार्जनमा समस्या हुदोरहेनछ’, खत्रीले भने ।
तुलसीपुर उपमहानगरपालिका—१४ गोठुवाका किरण वली एका विहानैदेखि मोटरसाइकलमा क्यान लिएर गाउगाउ कुदिरहेका देखिन्छन् ।
उनको यो जागर गाउको सुद्ध दुध संकलनकालागी हो । उनले भोजपुर क्षेत्रका कम्तिमा ३÷४ स्थानमा संकलन केन्द्र तय गरेका छन् । हरेक विहानै उनी ती संकलन केन्द्रबाट दुध संकलन गरी घोराहीको हरीत बजार ल्याउंछन् ।
जहां जहांका महिलाहरु महिला सामुदायिक सेवा केन्द्रको लघुवित्त कार्यक्रममा जोडिएका थिए, उनीहरुले उत्पादन गरेको दुध पनि संकलन हुन्छ, त्यहिकै दुध संकलन गरेर हरीत बजारमा डेरी पनि सन्चालनमा ल्याइएको छ । किरणको रोजिरोटि यहि दुध संकलनसंग जोडिएको छ । विहानीको चार÷५ घण्टा काम गरेवापत उनले हरीत बजारबाट मासिक १५ हजार पारीश्रमिक समेत पाउंदै आएका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिका—४ लक्ष्मिपुरका विपिन खनाल दुग्ध व्यवसायी हुन् । उनले महिला सामुदायिक सेवाकेन्द्रबाट व्यवसाय प्रवद्र्धन तालिम लिएपछि गाउमा दिपिका कृषि तथा पशुपंक्षि फर्म खोले ।
‘दैनिक ८० लिटर सम्म दुध घोराहीको हरीयो बजारमा पु¥यांउंथे, अचेल त अलि दुध घटेको छ’, ििवपिनले भने । उनको पनि प्रमुख पेषा अहिले कृषिनै बनेको छ । त्यहि पेषाले उनको रोजिरोटि चलेको छ । उनले उत्पादन गरेको दुधको बजारीकरणमा कुनै समस्या छैन । ‘राम्रो भाउमा हरीत बजारमा जान्छ’, खनालले भने ।
चित्रभान, किरण र विपिन त प्रतिनिधिपात्र मात्र हुन् । उनीहरुजस्तै हजारौं विपन्न व्यक्तिहरुलाइ शिपमुलक व्यावसायमा जोड्न र उनीहरुले उत्पादन गरेका बस्तुहरुको सहज रुपमा बजारीकरण गर्नकालागी महिला सामुदायिक सेवा केन्द्रले घोराहीमा हरीत बजारको अवधारणामा हरीयो बजार सुरु गरेको छ ।
चार बर्ष अघि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको यो संस्था सुरुमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले सन्चालनमा ल्याएको हो । त्यसमा केहि समयपछि बैंकबाट थप १ करोड ऋण लिएर हरीत बजारलाइ विस्तार समेत गरिएको छ ।
हरीत बजारमा अहिले जिल्लामा उत्पादिन कृषिजन्य तथा पशुजन्य उत्पादनहरु विक्रिमा राखिएका छन् । रुदिलोको महदेखि चोयाका डाला र तिल्किको चामल समेत उपलव्ध हुने गरेको छ ।
‘भान्साकालागी चाहिने ए टु जेड सामान त्यहां पाइन्छन्, गुणस्तरको कुनै चिन्ता गर्नुपर्ने अवस्था देखिंदैन’ नजिकैको एपेक्स इन्स्टीच्युटका सन्चालक धर्म केसीले भने, अर्गानिक बस्नुहरुको प्रमोशनकालागी ग्रिन सप सन्चालनमा आएको जस्तो मलाइ लाग्छ ।
स्थानिय तोरी, विन्देश्वरी धान, तिल्कि धान, स्थानिय मन्सुली धान, गहुं, गहतको दाल, शान्तिनगरको सेतो राज्मा लगायत थुप्रै खाद्ध उत्पादनहरु पशलमा राखिएका छन् । प्राय अधिकांश महिला सामुदायिक लघुवित्त कार्यक्रममा जोडिएका विपन्न महिलाहरुले उत्पादन गरेका सामानहरु छन् त्यहां ।
लोहोरो सिलौटो देखि केराउको मस्यौरा र मुलाको गुन्द्रक सम्म ग्रिन सपमा राखिएका छन् । पशलमा वाहिरबाटै देखिनेगरी हरेक सामानको दैनिक मुल्यसुचि समेत राखिएको छ ।
हरीत क्रान्तिकालागी महिला उद्धमीहरुको शशक्तीकरण अभियान अन्तर्गत हरीत बजार सन्चालनमा आएको हो ।
महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष विमला योगी भन्छिन्—‘सानो पुजिलाइ परीचालन गरी विपन्न महिलाहरुलाइ आत्मनिर्भर बनाउनकालागी हाम्रो अभियान हो ।
साथै संस्थाले लघुवित्त कार्यक्रममा जोडिएका सेवाग्राहिले उत्पादन गरेका बस्तुहरुको बजारीकरणकालागी पुलको काम गर्ने पनि बताएको छ । ताकि उत्पादीत बस्नुले बजार नपाउने समस्याबाट यो पेषामा जोडिएकाहरु विचलित हुन नपरोस् ।
महिला सामुदायिक सेवा केन्द्रले यो बजार सन्चालन गर्दा ५ जनाको सन्चालक समिति बनाइएको छ । यो मुनाफा रहित संस्था हो । यसले सन्चालकलाइ बोनस बांड्दैन । प्राप्त मुनाफाबाट संस्थाले हरीत बजारलाइ थप परीमार्जन र स्तरबृद्धिगर्दै लैजाने बताएको छ ।
यो बजारमा दैनिक रुपमा दुध ल्याउनेहरुनै करीव १ सयको हाराहारीमा किसानहरु छन् । उनीहरुलाइ संस्थाले तोकेको मुल्य बैंक खातामै भुक्तानी गर्ने गरेको छ ।
यसमा यो दुइ बर्षको अवधिमा प्रत्यक्ष वा परोक्ष रुपमा १ हजार परीवार जोडिएका छन् । हरीत बजारमा दैनिक रुपमा ५ सय लिटर दुध संकलन हुने गरेको छ ।
सोहि दिन ग्राहकलाइ सो परीणामको दुध विक्रि गरीन्छ । यसमा कम्तिमा १५ जनाले मासिक रोजगारी पनि पाएका छन् ।
लघुवित्त कार्यक्रम अन्तर्गत आत्मनिर्भरमुखि व्यावसाय सन्चालनकालागी संस्थाले ५ लाख रुपैया सम्मको विनाधितो ऋण दिंदा सदस्यहरुले २५ लाख रुपैया सम्मको संपत्ति जोडेको पनि देखिएको छ ।
महिला सामुदायिक सेवा केन्द्र र जालपा लघुवित्त मर्ज भएको छ ।
जालपा लघुवित्त कार्यक्रम अन्तर्गत ३ बर्षको अवधिमा ५ अर्व भन्दा बढि लगानी गरीसकेको छ । यसमा ३ अर्व भन्दा बढि आयआर्जनमा मात्र लगानी भएको बताइएको छ ।
यसमा ५० प्रतिसत लघुवित्त कार्यक्रममा जोडिएका सदस्यहरुबाट संकलन भएको रकम र बांकि ५० प्रतिसत अन्य बैंकबाट ऋण लिएर यस कार्यक्रममा लगानी हुंदै आएको छ ।
ग्राहक संरक्षण कोष भनेर गतबर्ष २ करोड रुप्ैया अनुदान दिएएको पनि संस्थाले जनाएको छ ।
भावि योजना
यसैबीच संस्थाले आगामि बर्ष २ हजार लिटर दुध संकलन गरी त्यसलाइ प्रशोधन गरेर प्याकेजीङ गरी विक्रिवितरण गर्ने जनाएको छ । त्यसैगरी पशुपालक किसानको सहजताकालागी स्थानिय तहमै यहिकै उत्पादनबाट दाना उद्योग सन्चालन गरीने पनि जाल्पा सामुदायिक लघुवित्त कार्यक्रमका लुम्विनी प्रदेश प्रमुख पवन योगीले बताएका छन् ।
त्यस्तै धानतोरीको मिल सन्चालनसंगै स्थानिय कृषकलाइ सामुहिक खेतीमा जोडन पनि संस्थाले पुलको काम गर्ने योजना रहेको पनि प्रदेश प्रमुख योगीले बताएका छन् ।
तस्वीर पवन योगीको मेलबाट आएको छ, हरीत बजारको हो ।
।