२०८३ असार २७ गते शनिवार

तुलसीपुर ५ का वडाबासीले फेरि म दोहरिएको हेर्न चाहेका छन् – वीरेन्द्रकुमार शाह

तुलसीपुर, चैत २१ । तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले फेरि आँफुलाई वडाबासीले उम्मेदवार बन्न दबाब सृजना गरेको बताएका छन् ।


शाह नेपाली काँग्रेसका नेता हुन । ‘धेरैले तपाँई जस्तो वडाध्यक्ष हामीलाई फेरि पनि चाहिएको छ र तपाँई फेरि चुनाबमा लड्नु पर्छ भन्दै आउनु भएको छ,’ वडाध्यक्ष शाहले भने ‘वडाबासीकै मायाले म फेरि पनि दोहरिने मनस्थितिमा पुगेको छु ।’


निर्वाचित भएदेखि नै आँफु र आफ्नो टिमले वडाबासीको चाहाना अनुरुप काम गरेको हुँदा फेरि वडाबासीले उम्मेदवार बन्न आग्रह गरिरहेको उनले बताए ।


वडाध्यक्ष शाहले फरककोणसंग भने ‘ मेरा मतदाताको आग्रहमा म फेरि वडाध्यक्षमै दोहरीने निर्णयमा पुगेको हुँ । मलाई विश्वास छ मेरो कामको मुल्याङकन गरि पार्टीले मलाई पुनः अबशर दिने छ ।’


पछिल्लो समय तुलसीपुरस्थित वीरेन्द्र चोकमा २०६२÷०६३ को जन–आन्दोलनका क्रममा तोडिएको राजा वीरेन्द्र शालिक स्थापना गरेपछि वडाध्यक्ष शाहको कार्यको प्रशंशा हुँदै आएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *