२०८० चैत्र १६ गते शुक्रवार

लमहीमा तीनदिने बंगुर पालन तालिम सुरु

शिवु खनाल,
देउखुरी, माघ १३ । कृषक स्तर व्यवसायिक तालिम बंगुर पालन तालिम आईतवारदेखि लमहीमा सुरु भएको छ । लमही नगरपालिका पशु सेवा उपशाखाको आयोजनामा तालिम सुरु भएको हो । तीन दिन सम्म चल्ने तालिममा लमही नगरपालिकाको नौं वटै वडाहरुको सहभागिता छ । हरेक वडा वाट ३÷३ जनाको दरले कृषक सहभागी छन् ।

कृषकलाई कृषि मैत्री बनाउने र कृषकको जीवन स्तर उकास्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले बताइन ।

‘हामीले कृषकका लागि कृषि सम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दे उनीहरुको जीवनस्तर उकास्न चाहान्छौं,’ बलेबासेले भनिन् । तालिमको प्रशिक्षकमा लमही नगरपालिका पशुसेवा उपशाखाका कार्यालयका प्रमुख शिवराज न्यौपाने रहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृति गजमेरले गरेका हुन ।

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस
  1. Chhabilal kumal says:

    ma sahavagi huna pauxu ki nai

Leave a Reply

Your email address will not be published. Required fields are marked *