
तुलसीपुर चैत ३ । नेकपा एमाले तुलसीपुरका नगर सदस्य जंगबहादुर वली र नेकपा माओबादी केन्द्रका साविक तुलसीपुर – ७ का पूर्व वडा अध्यक्ष खिमबहादुर वली नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं। ३ ले बुधबार उद्योग बाणिज्य संघमा गरेको चुनावी कार्यक्रमका क्रममा वली द्धय नेपाली काँगग्रेस पार्टीमा पार्टी प्रबेश गरेका हुन ।
उनीहरुले कम्युनिष्टका पछिल्ला गतिबिधि ठिक नलागेर आँफूहरु काँग्रेस पार्टीमा प्रबेश गरेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङका लागि केन्द्रीय प्रतिनिधि चन्द्रबहादुर केसी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, दाङका सभापति शंकरप्रशाद डाँगी, दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, प्रदेश सभा सदस्य शंकर गिरी लगायका नेताहरुले नब प्रबेशीलाई पार्टीमा स्वागत गरेका थिए ।
प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार