२०८१ फाल्गुन ७ गते बुधवार

घोराही र तुलसीपुरमा नाटक मञ्चन हुने

दाङ, माघ १२ । एक महिना अघि काठमान्डांैको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसिपुरमा मञ्चन हुने भएको छ । प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म घोराहीमा र २१ र २२ मा तुलसीपुरमा मञ्चन हुने भएको हो ।

ख्याल बगालको प्रस्तुती तथा आयोजना र हेल्पिङ ह्यान्ड्स दाङ र उदाहरण समूह नेपालको सहआयोजनामा घोराही र तुलसीपुरमा नाटक मञ्चन गरिने भएको हो । रबिलाल थारुको निर्माण रहेको नाटक घोराहीको म्यांगो गार्डेनमा देखाईने उदाहरण समुह नेपालका नवीन अभिलाषीले जानकारी दिए । प्रणव आकाशद्वारा निर्देशित तेस्रो नाटक हो ‘करोट’ । उनले यस अघि ‘मान्छे पोल्ने भट्टी’ र ‘भुरभुरा रहर’ निर्देशन गरेका थिए । ‘मान्छे पोल्ने भट्टी’ नेपाली भाषाको नाटक हो भने ‘भुरभुरा रहर’ र ‘करोट’ थारु भाषाको नाटक हुन । करोटको अर्थ थारु भाषामा कोल्टे फेर्नु भन्ने हो ।

कलेजका विद्यार्थी, थारु समुदायको बारेको सन्देश रहेको उक्त नाटक आम मानिसलाई लक्षित गरेर निर्माण गरिएको हुँदा नाटक थिएटर शैलिमा मञ्चन गरिने निर्देशक आकाशले बताए ।

तर, यसपाली नाटकलाई थारु भाषाको नाटक भनेर प्रचार गरिएको छैन । ‘यसपटक नाटकमा ५० प्रतिशत नेपाली भाषाको प्रयोग गरेको छु । भाषाका कारण दर्शकलाई नाटक बुझ्न कठिनाई भए यस विधाप्रतिको मोह घट्ने डरले यसो गरेको हुँ ।’ आकाशले भने ।

पश्चिमी क्षेत्रमा तुलनात्मक रुपमा पूर्वको भन्दा मानिसलाई नाटकका बारेमा त्यतिसारो ज्ञान नभएको हुँदा आफुले दाङमा नाटक प्रर्दशनीको तयारी गरेको उनले जानकारी दिए ।

‘आफ्नै ठाउँमा नाटकको बारेमा छलफल गर्ने बाटो मिल्छ त्यसकारण मैले ‘करोट’ लाई सुलब ‘ब्ल्याक बक्स’ बनाउने कोसिस गरेको छु,’ आकाशले भने ।

दाङमा पनि कला सम्बन्धी केही विकास होस भन्ने उदेश्यका साथ ‘ब्ल्याक बक्स’ बनाउने बारे छलफल भएको उनको कथन छ । दाङमा थिएटर खोल्नुको कारण नाटक हेर्न आउने दर्शकलाई सकारात्मक सन्देश प्रवाह गर्नको लागि भएको उनले बताए ।

प्रकाशित मिति : २०७५ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *