२०८१ चैत्र ४ गते सोमवार

व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल

काठमाण्डौ,चैत २ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा।बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएका छन् ।

मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताए ।

‘अहिले म आफै बोलिरहेको छु । कसैले भिडियो खिचेर आफ्नो युट्युबमा अपलोड गर्न पाउनुहुन्छ । त्यसको लागि कुनै नियन्त्रण गर्न भएन । तर, जसले म मिडिया हो भनेर भनेर क्लेम गर्छ । त्यसलाई नियन्त्रण गर्नुपर्छ । त्यसले गरेका कामहरुलाई कुनै न कुनै हिसाबले नियन्त्रण गर्नुप¥यो’ उनले भने ।

अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको अर्यालको भनाइ छ ।

पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्र्न लागिएको बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *