२०८२ बैशाख ११ गते बुधवार

नेपालको बिकास हुन नदिने र गरिवमाथि राजनीति गर्ने कम्युनिष्टको दाउपेचले एमसिसीको बिरोध भयो – काँग्रेस नेता केसी

टेकबहादुर पुन, लमही, चैत १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आगामी निर्बाचनमा काँग्रेसलाई हार्न छुट नभएको बताएका छन् ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले सोमबार लमहीमा आयोजना गरेको ‘घर घर जाऔं– काँग्रेसलाई जिताऔं’ अभियानलाई सम्बोधन गर्दै देशमा प्रजातन्त्र र विकाशको जग स्थापना गर्ने पार्टी काँग्रेसलाई अब हार्ने छुट नभएको तर्क गरे ।

एकता र मेलमिलाप कायम गर्दै कांग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउन सबैको उत्तिकै जिम्बेवारी रहने हुँदा पार्टीलाई सबैभन्दा माथि राखेर निर्वाचनमा खटिन उनले सबैलाई आग्रह गरे ।

नेता केसीले एमसीसीको नाममा कम्युनिस्टले फिजाएका भ्रममा कुनैपनि सत्यता नरहेको र नेपालमा अमेरिकी सेना आउँछ भन्नु मजाग भएको बताए ।

नेपालको बिकास हुन नदिने र जनतालाई गरिव बनाएर राजनीति गर्ने कम्युनिष्टको स्वार्थका कारण एमसीसीको बिरोध उनीहरुले गर्दै आएको नेता केसीले आरोप लगाए ।

त्यस्तै उनले कम्युनिस्टको हरेक निर्बाचनमा उठाउने नारा बृद्धभत्ता २०४७ सालमा काँग्रेस सरकारमा रँहदा सुरुवात गरेको बताए ।
‘जतिबेला कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेला एकसय रूपैंया बाट बृद्ध भत्ताको सुरुवात भएको,’ उनले भने ‘यो कुरा जनता माझमा पु¥याउन जरुरी छ।’

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले केपी सरकारले असँबैधानिक तवरबाट देशलाई खतरा तिर ढकेलिरहेको महसुस भएपछि देशको लोकतन्त्र र सँबिधानको रक्षाका निम्ति काँग्रेसले सत्ता संहाल्नु परेको तर्क गरे ।

त्यस्तै कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले उम्मेदवार भन्दा पार्टीलाई जिताउनु समय आएको हुँदा सबै नेता कार्यकर्ता कम्युनिष्टले वडा स्तरदेखि केन्द्रसम्म गरेका बेतिथिहरु जनता माझमा खुलेर बुझाउन आग्रह गरे ।
कार्यक्रममा संविधानसभा सदस्यहरु सुशीला चौधरी, जानकीलाल बस्नेत, कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगी, लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरी, पुर्व जिल्ला उपसभापति नारायण बिसी, जिल्ला सदस्य पूर्णबहादुर बस्नेत, लमही नगर सभापति सन्तोष बुढाथोकी, राप्ती गाउँपालिका सभापति बिद्याशरणा चौधरी, गढवा गाउँपालिका सभापति किरण पौडेल, नेपाल महिला संघ क्षेत्र न १ का सभापति खिमादेबी रिजाल, प्रदेश प्रतिनिधि नवाफ अली लगायतले कांग्रेसलाई मजबुत बनाउन तल्लो स्तरबाटै निष्ठाका साथ आ–आफ्नो भूमिकामा केन्द्रित हुनुपर्ने बताए ।

दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको हो ।

क्षेत्र नम्बर १ प्रदेश (क) का सभापति श्रीपत चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश १ (ख) का सभापति दिनेश गिरीले धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा क्षेत्र नम्बर १ अन्तरगतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्माले गरेका हुन ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *