२०८३ असोज २८ गते बुधवार

गोल्टाकुरीमा तरुण दल गठन

देविराम कुसारी,गोल्टाकुरी, फागुन २८ । दंगीशरण गाँउपालिका वडा नम्वर २ मा नेपाली काँग्रेसको भात्रि संगठन दरुदल गठन गरिएको छ ।

वडा इकाई समितिका सभापती शरदिन कुसारीको अध्यक्षतामा सम्पन्न भएको बैठकले संगम वलीको अध्यक्षतामा ३५ सदस्यिय तरुण दल इकाई समिति गठन गरेको छ ।

वैठकले उपाध्यक्षमा गोपाल कुसारी र किरण कुसारी, सचिवमा विष्णु वली र कोषाध्यक्षमा विशाल खड्कालाई चयन गरेको छ ।

त्यसगरी बैठकले सहसचिवमा भरत चौधरी, सदस्यमा दिपक चौधरी, सागर परियार, थम्मन खत्री, सन्तोष वली, संगम खत्री, हेमन्त कुसारी लगाएत ३५ जनालाई चयन गरेको छ ।

त्यस अवसरमा गापा उपाध्यक्ष उपाध्यक्ष पिमा खड्का, पुर्व सभापती प्रकासमान वली, पुर्व सचिव नन्दराम खत्री, क्षेत्रिय प्रतिनिधि तुलसीराम देवकोटा, लक्ष्मण देवकोटा, देविराम कुसारी लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण टोल ईकाइ समितिका सभापती गेहेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *