२०८१ चैत्र ६ गते बुधवार

बिनिल केसी ‘तुलसीपुर रोयल्स’को ओनर,खेलाडी उत्साहित

तुलसीपुर, फागुन २६ । युवा माझ लोकप्रिय छबि बनाएका युवा ब्यबसायी विनिल केसी ‘तुलसीपुर रोयल्र्स’को ओनर बनेपछि क्रिकेट खेलाडी उत्साहित बनेका छन् ।


दाङ क्रिकेट संघले झन्डै एक महिना अगाडि अक्सन आह्वान गरेको थियो । चैत १२ गतेदेखि घोराही १७ गुलरियास्थित क्रिकेट मैदानमा हुने हालसम्मकै सर्वाधिक पुरस्कार राषीको दाङ क्रिकेट लिग (डिसीएल) का लागि क्रिकेट संघले टिमहरु खरिदका अक्सन आह्वान गरेको थियो ।


यो फ्रेन्चाइज लिगमा प्रथम हुने टिमले दुई लाख नगद र दृतिय हुनेलाई एक लाख नगद पुरस्कारको ब्यबस्था छ । त्यसैका आधारमा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका उपसभापति केसीले फागुन २४ गते ‘तुलसीपुर रोयल्स’ ओन गरेका हुन ।


लुम्बिनी प्रदेश तेक्वान्दो संघका महासचिवसमेत रहेका केसीले ‘तुलसीपुर रोयल्स’ को मालिक बनेसंगै क्रिकेट प्रेम सबै खेलाडीमा उत्साह छाएको टिम म्यानेजर सचिन पौडेलले बताए । ‘ यस्ले सम्पूर्ण क्रिकेट खेलाडी र खेल प्रेमीहरुमा उत्साह थपेको छ,’ पौडेलले भने ‘ दाङ क्रिकेट लिगमा सहभागि हुने जिल्ला, प्रदेश र केन्द्रका सबै खेलाडीको मूल्य निधारण गरि खरिद हुने छ ।’

तुलसीपुर उद्योग बाणिज्य संघका महासचिवसमेत रहेका विनिल केसीले ‘तुलसीपुर रोयल्स’ मा लगानी गरेपछि खेलाडीमा आशाको सञ्चार भएको प्रशिक्षक रुपेश शर्माले तर्क गरे ।


‘ दाङमा पनि अब प्रतिभा वान खेलाडीले खेल खेले बाफत थोरै भएपनि कमाउन सक्ने अवस्था सृजना भएको छ,’ शर्माले थपे ‘ जस्ले गर्दा कुनैपनि टिमले तोकिएको मूल्यमा खेलाडीलाई आफ्नो टिममा समावेश गर्न सक्ने छ ।’ खेलकुदमा निकै पछाडि रहेको दाङमा खेलाडीको प्रतिभा अनुसार टिमहरु लगानी गर्न वा रकम तिर्न तयार हुने वातावरण हरेक खेलमा बन्न आवश्यक रहेको शर्माले बताए ।


‘ राम्रो कुराको सिको सबैतिर हुनुपर्छ,’ उनले अगाडि भने ‘ यो एउटा सुरुवात हो । अब यस्को सिको अरु खेलहरुमा पनि हुनु जरुरी छ ।’
दाङ क्रिकेट लिग (डिसीएल)का लागि आवश्यक १४ जना सबै खेलाडी निर्धारित मूल्य तिरेर खरिद गरिने छन् ।

यो लिगका लागि दाङका १०, लुम्बिनी प्रदेश भित्रबाट २, राष्ट्रिय अन्तराष्ट्रिय १ र अर्का १ खेलाडी कुनैपनि टिमले आँफूखुसी खरिद गरेर ल्याउन पाउँछ । ती खेलाडीको मूल्य न्यूनतम ४ हजारदेखि १५ हजारसम्म निर्धारण गरिन्छ ।


दाङमा पाँच टिम रहेको हुँदा जिल्लाका मात्रै ५० खेलाडी बिभिन्न टिमबाट दाङ लिगका लागि अनुबन्धित हुने छन् । त्यसका लागि अब यही फागुन ३० गतेसम्म क्रिकेट संघ दाङले खेलाडीको हकमा अक्सन तोक्ने संभावाना रहेको छ ।


बिनिल केसी भन्दा पहिला पहिलो पटक तुलसीपुर डिलाइट ग्रुपले तत्कालिन ‘रोयल्स तुलसीपुर’को ओनर थियो । त्यही टिमले यसअघिको पहिलो लिग जितेको थियो ।

तीन बर्ष पहिला तुलसीपुर डिलाइट ग्रुपले तत्कालिन ‘रोयल्स तुलसीपुर’को ओन गरेको थियो । एउटा क्लबले आयोजना गरेको गेमपनि उतिखेर तुलसीपुरले नै जितेको थियो । यो झन्डै तीन बर्ष पहिले थियो ।
त्यतिखेर प्रथम भएको हुने ‘रोयल्स तुलसीपुर’ले ५० हजार भन्दा कम नै हात पारेको थियो ।


सबै खेलाडी अक्सनका लागि मानसिक रुपमा तयारी अवस्थामा छन् । उनीहरु आफूलाई अब्बल राबित गर्न नियमित अभ्यासमा पनि जुटेका छन् ।


दाङका पाँच क्रिकेट टिम क– कस्ले किने ?

१. बिनिल केसी – तुलसीपुर रोयल्र्स
२. पुरन्धारा क्रिकेट क्लब – पुरन्धारा च्यालेञ्जर्स
३. किरण किशोर घिमिरे – दंगाली लायन्स
४. लभिनास जंग राना – घोराही टाइगर्स
५. जानकीलाल बस्नेत – देउखुरी वारियर्स

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *