टेकबहादुर पुन, लमही, फागुन २२ । राजपुर गाउँपालिकामा नेपाल विद्यार्थी संघ बिस्तार गरिएको छ । गाउँपालिकामा नेबिसंघका कार्यसमिति २१ सदस्य पुर्याएसंगै पूर्णता पाएको हो ।
जस्को अध्यक्षमा एकराज यादब, उपाध्यक्षमा पिञ्जु बर्मा र उपाध्यक्षमा कृष्णकुमार यादब,सचिबमा पवन यादब र राजेश यादब, सहसचिबमा रोहित यादब र कोमल चौधरी, कोषाध्यक्ष चन्द्रभान यादबलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा देबबहादुर यादब, राकेश यादब, लिलाराम यादब, शान्ताराम यादब, लक्ष्मी चौधरी, निलु चौधरी, निशु भण्डारी, निरञ्जन यादब, रञ्जित यादब, करण बहादुर यादब, आदित्य यादब र बिनोद यादबलाई चयन गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेयले पार्टीलाई बलियो रुपमा गाउँघरबाटै स्थापित गर्न नेबिसंघको अहम भुमिका रहने बताए ।
नेबिसंघ राजपुर गाउँपालिकाका सभापति एकराज यादबको अध्यक्षता, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेयको प्रमुख आतिथ्य र क्षेत्रीय सहसचिब प्रकाश कुमार जिसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपाली काँग्रेस प्रदेश प्रतिनिधि कुमार घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस राजपुर गाउँपालिका सभापति नरेन्द्रसिंह भण्डारी, यसअघिका सभापति शरद बुढाथोकी, क्षेत्र नम्बर १ (ख) का सचिब लालबीर खड्का, शिक्षक संघका राजपुर अध्यक्ष पाटेश्वर यादब लगायतका बक्ताले आगामी निर्वाचनमा काँग्रेसले एक छत्र बिजयको झण्डा फहराउने दाबी गरेका थिए ।
कार्यक्रममा यादब समाज सेवा सँघका केन्द्रीय अध्यक्ष हिरालाल यादब, नेविसंघ लमही नगर सभापति कौशल अधिकारी, शिक्षक संघ राजपुरका उपाध्यक्ष चन्द्रिकाप्रसाद यादब, सचिब गोकुलराज भट्ट, अर्थ सचिब सनिराम यादब, सहसचिब सीता आचार्य, क्षेत्र नम्बर १ का सदस्य ओम प्रकाश यादब लगायतका नेताहरु मनतब्य ब्यक्त गरेका थिए ।