२०८१ असार २९ गते शुक्रवार

चुनाबका लागि कांग्रेसले टोल समितिलाइ सक्रिय बनाउने

तुलसीपुर,फागुन २१ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिको नियमित घुम्ति बैठक सम्पन्न भएको छ ।

शनिबार तुलसीपुर उपमहानगरपालिका वडा न १ भमके स्थित शिव मन्दिरको हलमा उक्त बैठक सम्पन्न भएको हो ।

कांग्रेस तुलसीपुर नगरका सभापति हमालको सभापतित्वमा भएको बैठकमा हमालले आसन्न निर्वाचनलाई मध्यनजर गरि प्रत्येक वडा – वडामा गठन भएका टोल समितिलाई थप सक्रिय बनाइ सशक्त रुपमा एक ढिक्का भएर अगाडी बढन वडा कार्यसमितिलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा कांग्रेस तुलसीपुर १ का सभापति निर्मलकुमार आचार्य , नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि मेघराज सोनि ,कर्णाली प्रदेश प्रतिनिधि नेत्रलाल पौडेल , निबर्तमान महाधिवेशन प्रतिनिधि फल्कुदत्त भन्डारी , दाङ क्षेत्र नं ३ का निबर्तमान क्षेत्रिय सचिव चुडामणी ढकाल ,नगर सह – सचिव झनक बस्नेत लगाएतले पार्टीलाइ थप चलायमान बनाउन सबै एकढिक्का भएर जानुपर्ने बताएका थिए ।
उक्त बैठकमा नेपाली कांग्रेसको घर-घर जाऔ , कांग्रेस जिताउ अभियानलाई सार्थकता बनाउन प्रत्येक वडाले यो कार्यलाई अगाडि बढाउने निर्णय गरेको नगर प्रवक्ता पूर्णबहादुर डागिले जानकारी दिए ।

उनले नगर कार्यसमितिको नियमित बैठक प्रत्येक महिना प्रत्येक वडा गरि १९ वटै वडामा गरिने पनि बताए ।

कांग्रेस नगर उप-सभापति गौरव सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा
नगर उपसभापति बिनिल केसीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण नगर सचिब सुशील वलिले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *