दाङ, फागुन २० । नेपाली कांग्रेस बाँके सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन । उनी संस्थापन इतरका हुन ।
शुक्रबारको दोस्रो चरणको निर्वाचनबाट ७६० मत प्राप्त गर्दा प्रतिपष्र्धी संस्थापन पक्षधर बादशाह कुर्मीले ६६३ मत मात्रै प्राप्त गरे । गौंडेलले ९७ मत अन्तरले कुर्मीलाई पराजित गरेका हुन ।
कुल १४९३ मतदाता मध्य १४३९ मत खसेको थियो । १६ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
१३ औं महाधिबेशनमा पनि गौंडेल जिल्ला सभापतिमा पराजित भएका थिए। उनी बाँकेको सहचिव र क्षेत्र नम्बर १ को पूर्व क्षेत्रीय सभापतिपनि हुन । १४औं महाधिबेशनबाट यसअघि नै गौडेल महाधिबेशनमा निर्वाचित भएका थिए ।
त्यस्तै प्रतिपष्र्धी २०६२ ÷ ०६३ को आन्दोलनका बेला जिल्ला उपसभापति थिए । उनी कार्यबहाक सभापतिको भूमिकामा रहेर काम गरि सकेका नेता हुन । कुर्मी २०६४ र ०७० मा गरि दुई पटक समानुपातिक सांसद बनेका थिए । कुर्मीले पनि महाधिबेशन प्रतिनिधि हुन ।
बाँकेमा बिहीबार भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९, कुर्मीले ५३८ र संस्थापन पक्षधरकै लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले ३१४ मत मात्रै प्राप्त गरेका थिए । पहिलो चरणको निर्वाचनमा कसैको पनि ५१ प्रतिसत नपुगेपछि शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म दोस्रो चरणको निर्वाचन भएको थियो ।
जस्मा मन्त्री हमाललेसमेत कुर्मीलाई नै समर्थन जनाएका थिए ।