तुलसीपुर,फागुन १९ । नेपाल पत्रकार महासंघ दाङका सदस्य सुमन केसीको वुवा स्व खीमबहादुर के.सीको निधन भएको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ ।
बिहिवार एक कार्यक्रमका बिच
केसी निवास तुलसीपुर १५ खैरेनीमा नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर दाङ, नेपाल प्रेस युनियन दाङ, प्रेस चाैतारी दाङकाे सयुक रुपमा आयोजनामा श्रद्धाञ्जली कार्यक्रम भएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रेस युनियनका गाेपाल शर्मा भट्टराई र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिका अध्यक्ष दामाेदर बस्नेत (राकेश) ले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीलाई स्व.केसीका बुवा हुमबहादुर केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमकाे सहजीकरण सचिव आर.के.शीतलले गरेका थिए ।
स्व केसीको ४५ बर्षको उमेरमा असामयिक भएको थियो ।