तुलसीपुर,फागुन १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ वेलुवामा रहेको शिवालय मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
महाशिवरात्रीको पुर्व सन्ध्यामा सोमबार संयुक्त रुपमा सरसफाई आयोजना गरिएको हो ।
मंगलवार परेको शिवारात्रीमा पुजा तथा दर्शन गर्न आउने भत्तजनहरूलाई मध्यनजर गरी ५ वटा टोल विकास सस्थाको आयोजनामा सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार शर्माले जानकारी दिए ।
कोरोनाका कारण २ बर्ष देखी रोकिएको शिवरात्री मेला तथा पुजा यस वर्ष हुने भएपछी सोमवार विहान मन्दिर परिसर सरसफाई गरिएको हो ।
५ वटा टोल विकास सस्थाका पदाधिकारीहरू, कार्य समिती, व्यापारी तथा स्थानिहरूको सहभागीतामा मन्दिर सरसफाई गरिएको स्थानीय दुर्गा शर्माले जानकरी दिए ।
यसैबिच मन्दिर व्यवस्थापन समितीले शिवरात्री मेला तथा पुजामा सहभागी हुने सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरूमा अनुरोध गरेको छ ।