२०८२ बैशाख ११ गते बुधवार

मानव सभ्यताको निरन्तरतालाई जलवायुले चुनौति दिँदैछ : राष्ट्रपति भण्डारी

काठमाडौं,फागुन १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव सभ्यताको निरन्तरताको लागि जलवायु संकटले चुनौति थपिरहेको भन्दै पारिस्थितिकीय प्रणालीलाई सुदृढ तुल्याउन न्यायिक जगतको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले सामाजिक अभियन्ताको रुपमा परिचित कानुन व्यवसायीहरुले आफूलाई सधैँ अद्यावधिक गर्दै लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समतामुलक र न्यायपूर्ण समाजको निर्माणमा समर्पित हुनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले विपन्न वर्ग तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न बारले बिस्तार र प्रभावकारी बनाउने कामलाई निरन्तारता दिनुपर्ने बताइन् ।

उनले कानुनको अध्ययन, अध्यापन हुने प्राज्ञिक संस्थाहरुमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै योग्य, सक्षम र चरित्रवान कानूनवेत्ता, अनुसन्धानकर्ता र कानुन व्यवसायी उत्पादन गर्ने विषयमा बारले पहल गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *