बाँके,फागुन १० । बाँकेमा लागु औषध ब्राउन सुगर र नगद सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका १ शान्तिपुर बस्ने २४ वर्षीय प्रविण विसी रहेको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ ।
मंगलवार बिहान साढे ५ बजे नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोक स्थित चेकजाँच क्रममा तीन वटा सेतो प्लाष्टिकमा पोका पारी राखिएको १५० ग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ ।
उनको साथबाट भारतीय तीस हजार नगद समेत बरामद भएको छ । पक्राउ परेका विसी विगत एक वर्ष देखि लागु औषध सेवन तथा कारोवार गर्ने गरेको, भारतीय नागरिक संग लागु औषध ४ लाखमा खरिद गरी ल्याएको र अन्यको पनि संलग्नता रहेको प्रहरीको भनाई छ ।
उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र अन्यको पनि खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार