तुलसीपुर, फागुन ८ । सरकारले आगामी ३० बैशाखमा घोषणा गरेको स्थानीय तहको मिति जति नजिक आउँदै छ त्यति नै बिभिन्न पार्टी भित्र संभावित उम्मेदवारहरु बोर चर्चा परिचर्चा सुरु भएको छ ।
अहिलेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्रबाट तुलसीपुर उपमहानगरपालिकामा भावि मेयरका लागि को – को ब्यक्ति उम्मेदवार बन्न सक्लान रु भनेर खासखुस रुपमा नामहरु आउन थालेका छन् ।
त्यसबारे हामीले जिल्ला तहका नेताहरु संगपनि कुरा ग¥यौं । हामीले जति नेताहरु संग बुझ्यौं सबैले सबै भन्दा जोड बलले सबैभन्दा संभावित मेयरको उम्मेदवारका रुपमा यसअघिका दाङ जिल्ला अध्यक्ष टीकाराम खड्काकै नाम प्रस्तुत गरे ।
पार्टी भित्र निष्ठा र इमानको राजनीतिज्ञको छबि बनाएका खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का बासिन्दा हुन । नेताहरुका अनुसार एमाले महासचिव शंकर पोखरेलपनि नेता खड्कालाई नै मेयर बनाउने कुरामा पोजिटिभ रहेका छन् ।
एमाले भित्र मेयरका आकाँक्षी मध्यका एमाले दाङका सचिव मनोहर बुढाथोकी पनि हुन । तुलसीपुर १५ का स्थायी बासिन्दा बुढाथोकीपनि महासचिव पोखरेलका बिश्वाश पात्रका रुपमा परिचित छन् ।
त्यस्तै जिल्ला सहसचिव तुलसीपुर ९ का बासिन्दा कृष्ण भुषालको नामपनि संभावित मेयरको उम्मेदवारको रुपमा एमाले बृत्तमा चर्चामा छ ।
तुलसीपुर ६ का बासिन्दा तथा वडाध्यक्ष नवराज लामिछानेले आँफुलाई मेयरको उम्मेदवारको रुपमा प्रस्तुत गरि सकेका छन् ।
‘अब पार्टीबाट म नै तुलसीपुरमा मेयरको उम्मेदवार हो है,’ एक भेटमा लामिछानेले भनेका थिए ‘आश छ पार्टीले मलाई मूल्याङक गरि टिकट मलाई नै दिने छ ।’
तुलसीपुरमा मुख्य प्रतिपर्धीका रुपमा नेपाली काँग्रेस र नेकपा एमाले नै रहने हुँदा यी दुइ पार्टीले भाबी मेयरका रुपमा कस्लाई प्रस्तुत गर्लान भन्ने बिषय यतिखेर आम चासोको बिषय बन्दै गएको छ ।