२०८१ असार २९ गते शुक्रवार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाण्डौ,फागुन ८ । पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

दिउँसो १ बजे प्रतिनिधिसभा संसद बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने विषयमा गठबन्धनका दलहरुबीच निरन्तर छलफल हुँदै आएको छ ।

बैठक भर्खर सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसी संसदमा टेबल गर्न सहमत भइसकेको छ । यसअघि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने अडान राख्दै आएको थियो ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले भने एमसीसीमा दलहरुबीच सहमति जुटाउन निरन्तर छलफल गर्दै आएका छन । तथापि, माओवादी केन्द्रले भने यसमा राष्ट्रिय सहमति जुट्नुपर्ने जनाउँदै आएको छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोध गर्दै आए पनि जनता समाजवादी पार्टीले भने समर्थन जनाउने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु सहभागी छन ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *