तुलसीपुर,फागुन ७ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जान थालेको छ ।
आज शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १०५ जना काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।
नेपाली काङ्ग्रेस तुलसीपुर वडा नं. १८ का सभापति बिरेन्द्र खड्काको सभापतित्व तथा काङ्ग्रेस दाङका सभापति शंकर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अबसरमा प्रमुख अतिथी डाँगीले जबरजस्ती पार्टी प्रवेश गराएर जनता/ कार्यकर्तालाई पीडा दिने काम नगर्न आग्रह गरे । उनले भने, ‘अब झुठको राजनीनि चल्दैन, संगठन बिस्तारका नाममा झुठको खेती बन्द गर्नुहोस् ।’
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि भूपबहादुर डाँगीले विपक्षी पार्टीहरुलाई जालझेलका काम बन्द गरेर इमान्दारिता राजनीति गर्न सुझाएका छन् । ‘झुठको राजनीति बन्द गर्नुहोस,उनले भने, जालझेल बन्द गर्नुहोस् काङ्ग्रेसलाई जिस्काउन र काङ्ग्रेसका कार्यकर्तालाई दुःख दिन बन्द गर्नुहोस् ।’
कार्यक्रमका नेपाली काङ्ग्रेस दाङका जिल्ला सदस्य प्रकाश सुवेदी, महाधिवेसन प्रतिनिधि शुष्मा गिरी, देवका नेवाली, विना विसी, दाङ क्षेत्र नं. २ का क्षेत्रीय सचिव हिमबहादुर डाँगी, प्रदेश २ (ख) का सभापति अभियान बस्नेत लगाएतले काङ्ग्रेसलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित रहन आग्रह गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण सचिव बिदुर गौतमले गरेका थिए ।