२०८३ असोज २९ गते बिहिवार

काग्रेस क्षेत्र नं ३ ले निर्वाचन अभियान चलाउदै


तुलसीपुर,फागुन ६ । नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ ले स्थानीय निर्बाचन लक्षित अभियान चलाउने भएको छ ।

क्षेत्रिय सभापति जगत बहादुर खड्काको सभापतित्वमा आज बसेको नियमित बैठकले सबै स्थानीय तहमा स्थानीय निर्बाचनको तयारि स्वरुप बिशेष छलफल अभियान चलाउन लागेको क्षेत्रिय सचिब शोभाकर सापकोटाले जानकारी दिए ।

क्षेत्रिय सचिब सापकोटाका अनुसार पार्टीको अधिबेशन पस्चातको आन्तरिक दुरि कम गर्दै पार्टी भित्र एकताबद्ध बनाउदै स्थानीय निर्बाचनमा केन्द्रित हुने निर्णय भएको हो ।

बैठकले सबै वडाहरुमा तीब्र गतिमा टोल समिति गठन भैरहेकोप्रति धन्यवाद ज्ञापन गर्दै बाकी टोलमा तत्काल गठन गरिसक्न निर्देशन गर्ने समेत निर्णय गरेको छ ।

यस्तै बैठकले केहि दिन पहिले तुलसीपुरमा भएको आगलागीबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उचित क्षेतिपुर्तिको ब्यबस्था गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

साथै बैठकले महाधिवेशन प्रतिनिधि कबिता शर्माका ससुरा बुबा राम प्रसाद आचार्य, क्षेत्रिय प्रतिनिधि सुर्य प्रसाद शर्माका बुबा अमृतलाल शर्मा, बबई गाउपालिका वडा नम्बर ४ का सभापति झुपु बुढा क्षेत्रीका बुबा जाँड बुढाको निधनप्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताब पारित गरेको छ ।
शोक सन्तब्द परिवार जनप्रति गहिरो समबेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पन गर्ने निर्णय गरेको बैठक पछि क्षेत्रिय सचिब शोभाकर सापकोटाले जानकारी दिए ।

क्षेत्रिय उपसभापति देबेन्द्र रिजालको स्वागत मन्तब्यबाट शुरु भएको बैठकमा क्षेत्रिय सचिब पुर्ण केसिले बैठकको प्रस्ताब तथा समसमयिक गतिविधि बारे प्रस्तुति राख्नुभएको थियो भने सहजीकरण अर्का क्षेत्रिय सचिब शोभाकर सापकोटाले गरेको बैठक पछि क्षेत्रिय सदस्य सुबास डागीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *