२०८३ बैशाख १६ गते बुधवार

भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

काठमाण्डौ,फागुन ३ । नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ।

मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले बताए ।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।

उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मनाउन पहल गर्ने देउवाको भनाइ छ ।

यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।

यसैबीच प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए ।
कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *