काठमाण्डौ,फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ ।
सभामुखले गर्ने छलफलको औचित्य नभएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने एमाले सांसद शेरबहादुर तामाङले बताए ।
सभामुख सापकोटाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका छन ।
एमालेले यसअघि पनि सभामुख सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।
एमालेले सभामुख सापकोटा पदबाट हट्नुपर्ने माग गर्दै आएको छ । आफूले पार्टीबाट हटाएका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले संसद् बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार