२०८३ भाद्र ११ गते बिहिवार

गठबन्धन भत्काउने खेल भइरहेको छ : प्रचण्ड

काठमाण्डौ,फागुन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन विभिन्न खेल भइरहेको बताएका छन्।

पार्टी कार्यालय पेरिषडाँडामा आइतबार बिहान जनयुद्द दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमनकारीहरुले गठबन्धन भत्काउने प्रयास गरिरहेको बताएका हुन्।

अध्यक्ष दाहालले गठन्धन टुटाउन सके सरकारसमेत सजिलै ढाल्न सकिने प्रयासमा प्रतिगमनकारीहरु क्रियाशील रहेको बताए।
कुनै पनि बहानामा गठबन्धन टुट्न नहुने उनको भनाइ थियो।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भइरहेको अवस्थामा प्रतिगमनकारीले चुनाव बिथोल्ने प्रयाससमेत गरिरहेको प्रचण्डले बताए।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले संसद बैठक सरकारको आग्रहमा स्थगित भएको बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *