टेकबहादुर पुन, लमही, माघ २८। दाङको निर्वाचन क्षेत्र नं. १ देउखुरीमा एकै दिन विभिन्न पार्टी परित्याग गरि झन्डै दुई सय बढी ब्यक्तिहरु नेपाली काँग्रेस पार्टीमा प्रबेश गरेका छन् ।
बुधबार मात्र देउखुरीका विभिन्न क्षेत्रमा गरि २ सय २३ जना काँग्रेसमा प्रबेश गरेको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।
राजपुरमा ७४ जना, गढवामा ९९ जना र राप्तीमा ५० जना गरि दुई सय २३ जना ब्यक्ति बिभिन्न पार्टी परित्याग गरि काँग्रेसमा पार्टी प्रबेश गरेका हुन ।
नव प्रबेशीहरू मध्य अधिकांस नेकपा माओबादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरु रहेको नेताहरुले जानकारी दिएका छन् ।
नब प्रबेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, महाधिबेशन प्रतिनिधिहरु जानकिलाल बस्नेत, धनपतीदेबी यादब लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अब काँग्रेसको बिकल्प मुलुकमा कोहीपनि नरहेको दाबी गरे ।
देशैभरी काँग्रेस प्रति देखिएको जनताको मायालाई उच्च सम्मान गरिने नेता चौधरीले बताए ।
त्यस्तै क्षेत्रीय सभापति पाण्डेले जनताको दुख सुखमा सामेल हुने बाचा सहित काँग्रेस अघि बढ्ने र जनताको भावना बिपरित काम गरेमा अर्कौ पटक आँफु मत माग्न नआउने तर्क गरे ।
‘ काँग्रेस तपाँईको दुःख सुखमा हातेमालो गर्छ र तपाईको भावना अनुसार काँग्रेसले काम गर्छ,’ पाण्डेले भने ‘यदी त्यसो भएन छ भने हामी तपाँईको माझमा अर्कौ पटक भोट माग्न आउने छैनौं।’
पार्टी प्रबेश कार्यक्रम क्षेत्र नम्बर १ प्रदेश (खं) का सभापति दिनेश गिरी, काँग्रेस राजपुर सभापति नरेन्द्र भण्डारी, गढवा सभापति किरण पौडेल, राप्ती सभापति बिद्यासरण चौधरी, क्षेत्रीय सहसचिब प्रकाश जिसी, गोबिन्द कुमार ओली,सहसचिब कुलबहादुर बुढा मगर, राजपुरका यसअघिका सभापति शरद बुढाथोकी, गुलाम मोहम्मद, प्रदेश (ख) का प्रतिनिधि लोकराज केसी लगायतका नेताहरुको उपस्थितिमा भएको हो ।