२०८३ असार २७ गते शनिवार

कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा

मकवानपुर,माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

मगंलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताए ।

नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताए ।

गएको मङ्सिरमा भएको अधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आएका थिए ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *