२०८१ मङ्सिर २७ गते बिहिवार

रुकुममा मदिरा आयात गर्न रोक लगाउने निर्णय

मेगराज खड्का,
रुकुम, माघ ७ ।
जिल्ला समन्वय समिति रुकुम पश्चिमको नेतृत्वमा बसेको जिल्ला स्तरीय सरोकारवाला बैठकले रुकुम पश्चिममा मदिरा आयात गर्न रोक लगाएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको बैठकले आईतबार देखि नै बाहिरबाट कुनै पनि प्रकारका मदिरा आयात गर्न नपाईने गरि रोक लगाउने निर्णय गरेको हो ।

बैठकमा जिल्ला समन्वय समितिका पदाधिकारी सगै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, ६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधी र सुरक्षानिकाय प्रमुख तथा सरोकारवाला कार्यालय प्रमुख लगायतको सहभागीता रहेको थियो । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जिल्ला समन्वय समिति मार्फत यसअघि नै यस बिषयमा पटकपटक छलफल भएको र शनिबारको बैठकबाट औपचारिक निर्णय भएको बताए । उनका अनुसार आईतबार देखि नै जिल्लामा बाहिरबाट मदिरा आयात गर्न पाईने छैन भने माघ १५ गते पछि मदिरा बिक्रिबितरणमा नै कडाई गरिने छ । बाहिरी जिल्लाबाट रुकुममा गाडि मार्फत भित्र्याईने मदिरा प्रहरीले नियन्त्रणमा लिने छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काले प्रहरीमा आउने अधिकांस घटनाहरु मदिरा सेवनका कारण हुने गरेको बिवरण देखिएका कारण मदिरा बिक्रिबितरण र सेवन रोख्नु नै रुकुमेलीहरुको हित भएको बताए ।

‘सरदर महिनामा २÷३ वटा हत्या तथा बलात्कारका घटनाहरु भैरहेका छन, यी सवै घटनामा मदिराको पाटो जाडिएकै छ’ उनले भने, ‘रुकुम पश्चिममा मदिरा नियन्त्रण भए यहाँको शान्ति सुरक्षा कायम हुन ठुलो भुमिका खेल्छ, त्यसैले होला सबैको पहलमा आज यो निर्णय भयो ।’ रुकुम पश्चिम सदरमुकाम मुसिकाट सगै सबै स्थानीय तहहरुमा ठुलो मात्रामा मदिराको बिक्रिबितरण र सेवन हुदै आएको छ । रुकुमको आठबिसकोट नगरपालिकाको पहलमा नै मदिरा उद्योग संचालनमा छ ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *