तुलसीपुर,माघ १९ । नेपाली कांग्रेस तुलसीपुरले टोल–टोलमा इकाई समिति बिस्तार अभियानलाई तिब्र पारेको छ ।
अभियान अन्तरगत बुधवार तुलसीपुर उपमहानगरपालिका वडा नंं. ७ मा रहेको ज्ञानज्योती टोलमा इकाई समिति बिस्तार गरेको छ ।
भेलाले जगतबहादुर खत्रीको सभापतित्वमा १९ सदस्यीय इकाई समिति गठन गरेको हो । समितिको उप–सभापतिमा शिवराज शर्मा,सचिवमा कमल वलि,सह–सचिवमा नारायण पोख्रेल,कोषाध्यक्षमा धनिराम पोख्रेल चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा कृष्ण केसी,दसराम चौधरी,हरि पौडेल,टिकाराम चौधरी,मिना पौडेल,डम्मर शाह,अनिता केसी,सिता पौडेल,मोहन नेपाली,प्रेम प्रसाद पोख्रेल,टिका बुढा समिक्षा वलि,सिता जिसी र हिरु गिरी चयन भएका छन ।
त्यस्तै भेलाले एक सल्लाहाकार पनि चयन गरेको छ । समितिको सल्लाहाकारमा बुद्धिराम भुसाल रहेका छन ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का इकाई सभापति ओम वलिको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि टोपबहादुर केसी,जोगेन्द्र विश्वकर्मा,देवीका नेपाली, दाङ क्षेत्र नं. ३ (क)का प्रदेश प्रतिनिधि छन्द जिसी,कांग्रेस प्युठानका जिल्ला सह–सचिव प्रमोद पोख्रेल,सुर्य शर्मा लगाएतले वडा ईकाईले सुरु गरेको समिति विस्तार अभियान प्रशंसायोग्य भएको बताए ।
साथै गठन भएका टोल समितिहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनका लागी महत्वपूर्ण भूमीका खेल्ने विस्वास व्यक्त गरे ।
वडा नं. ७ का इकाई उपसभापति तिर्थ खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण इकाई सचिव बामदेव शर्माले गरेका थिए ।
यसैबिच यस अघि तुलसीपुर–७ को नयाँवस्ती टोलमा खेलराज नेपालीको सभापतित्वमा ११ सदस्यीय टोल इकाई समिति विस्तार गरिएको थियो ।