देविराम कुसारी,गाेल्टाकुरि , माघ १६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बैदेशिक श्रमिककाे समस्या अन्त्य गर्न पुजिकाे विकास हुनुपर्ने बताएका छ्न ।
नेपाली काँग्रेस लगानी र उत्पादनसंग विश्वास गर्ने भन्दै पुजिकाे विकासका लागि देश ओैधाेगिक दिशामा अगाडी बढ्न आवश्यक रहेकाे उनले बताए ।
देशमा लागानी बढेमा प्रशस्त उद्याेगहरु खुल्ने भन्दै सदस्य गिरीले देशमै उद्याेग सञ्चालनमा आए राेजागारीकाे लागि विदेशी भुमिमा मृत्युबरण गर्नुपर्ने समस्या अन्त्य हुने बताए ।
दंगिशरण १ काँग्रेसका बामुदेव डागीकाे श्रद्धाञ्जली सभामा वाेल्दै गिरीले राेजिराेटीकाे ज्यान गुमाउनु परेकाे घटनाले मर्माहित भएकाे बताए ।
सो अबसरमा २ का सभापति ताेर्णबहादुर अधिकारीकाे अध्यक्षता तथा केन्द्रिय सदस्य गिरीकाे प्रमुख आथित्यमा भएकाे सभामा काँग्रेस महाधिवेशन प्रतिनिधी टीका घर्ती, काँग्रेस दंगिशरणका सभापति शंभु गिरी, पुर्व गाविस अध्यक्ष शुदर्सन देवकाेटा, गाउपालिकाका उपाध्यक्ष पिमा खड्का, जिल्ला सदस्य पुष्पा डागी, क्षेत्रिय प्रतिनिधि मिनकुमार देवकाेटा, हुमा डागी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यसै विच नेपाली काँग्रेस दंगिशरणकाे नियमित बैठक दंगिशरण २ सरुवाडाडामा सम्पन्न भएकाे छ ।
सपाति शंभु गिरीकाे अध्यक्षता तथा केन्दिय सदस्य गेहेन्द्र गिरीकाे प्रमुख आथित्यतामा सम्पन् भएकाे बैठकमा २ का सभापति शरदिन कुसारी, ५ का विश्वमणी देवकाेटा, क्षेत्रिय प्रतिनिधि माेहन केसी, पुर्व जिल्ला सदस्य गिता पाैडेल, शिक्षक संघका खेमराज बुढाथाेकी, पालिका सदस्य ज्ञानेन्द्र गिरी, टाेल समितिका सभापती गेहेन्द्र खड्का, सचिव देविराम चाैधरी लगाएतले बोलेका थिए ।
उपसभापती दुर्गा बाेहराकाे स्वागत मन्तव्य वाट सुरु भएकाे बैठककाे सहजिकरण सचिव ओपेन्द्रराज शर्मा र बामदेब विष्टले गरेका थिए ।