२०८३ जेष्ठ १४ गते बिहिवार

कांग्रेसमा आमूल परिवर्तन आवश्यक छ – प्रदेश सभापति पुन


बुटवल, माघ १५ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेस पार्टीमा आमूल परिवर्तनको खाँचो रहेको बताएका छन् ।

नेपाली कांग्रेस देवदह नगर समिति रुपन्देहीद्वारा आयोजित भेटघाट कार्यक्रममा शनिबार सभापति पुनले अब विगतको तरिकाले पार्टी चल्ने नसक्ने भन्दै परिवर्तनको खाँचो रहेको औंल्याएका हुन ।

पूर्व राज्यमन्त्री एवंं संविधानसभा सदस्य पुनले कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण परिवर्तन गर्नुपर्ने समय आएको बताएका हुन ।

उनले संविधान अनुसार १४औं महाधिवेशनबाट प्रदेश समितिहरू निर्माण भइ सकेको बताउदै प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनु पर्ने धारणा राखे ।

महाधिवेशन ताका भएका सम्पूर्ण तिक्तताको अन्त्य गर्दै एकताका साथ अगाडि बढ्न पनि उनले सबैलाई अपिल गरे ।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य प्रकाश राना, नेपाली कांग्रेस नेता युवराज गिरी लगायतका नेता तथा शुभेच्छुकहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *