२०८३ कार्तिक १७ गते सोमवार

‘खुसि हुनु तिमी’ गितको म्युजिक (भिडियो) सार्बजनिक …

तुलसीपुर,माघ १५ । ‘खुसि हुनु तिमी’ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

शनिवार तुलसीपुरमा एक कार्यक्रमका बिच उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गितमा लक्ष्मण भन्तना शिशिरको शब्द तथा राज पायल रोका मगरको स्वर रहेको छ ।

भिडियोमा देव मगर, रचना रोका, मोहन वलि र खगेन्द्र सापकोटा,तेज वलि लगाएतको अभिनय रहेको छ । भिडियोमा दोर्ण बस्नेतको छायाङ्कन र झग्गु भण्डारीको सम्पादन तथा निर्देशन रहेको छ ।

चलचित्र पत्रकार सघं दाङको आयोजनामा भएको कार्यक्रममा साहित्यकार डिल्ली बस्नेत (संगीत)ले नेपालको गित संगीतमा युवा पिढिको आकर्षण बढ्दो क्रममा रहेको बताए ।

उनले गित संगीतको माध्यमबाट समाजको यर्थात परिवेशलाई चित्रण गरेको र यसले पछिल्लो पिढिलाई गित संगीतको मार्गशर्दन तर्फ लैजान प्रेरित गर्ने उल्लेख गरे ।

त्यस्तै चलचित्र पत्रकार सघं दाङका निवर्तमान अध्यक्ष धुव्रराज न्यौपानेले कलाकारिताको क्षेत्रमा दाङ जिल्ला अब्बल भुमि रहेको बताउँदै दाङले ख्याती प्राप्त कलाकार जन्माउन सफल भएको बताए ।

उनले कलाकारिता मात्र नभएर अहिले आएर दाङ जिल्ला पनि गित संगीतको छायाङ्कनको आधार बन्न थालेको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै एवान टेलिभिजनका अमृतमान वलिले सार्वजनिक भएको म्युजिक भिडियो स्थानीय स्तरमा पनि राम्रा–राम्रा फिल्म तथा गितहरुको छायाङ्कन हुन सक्ने रहेछ भन्ने कुराको बलियो उदाहरण भएको प्रष्ट पारे ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा ‘खुसि हुनु तिमी’ गितका निर्देशन झग्गु भण्डारीले काम गर्ने शिलशिलामा सुरु–सुरुमा सहज भएपनि बिचमा श्रोतसाधन अभावका कारण केही चुनौती थपिएको बताए ।

उनले विभिन्न चुनौतीका बाबजुत पनि म्युजिक भिडियो बनाउन सफल भएको र आम दर्शक श्रोताले रुचाइदिनुहुने छ भन्ने अपेक्षा गरेको पनि बताए ।

चलचित्र पत्रकार सघं दाङका सह–सदस्य निरला अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।

https://www.youtube.com/watch?v=_cu6e87kEn4

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *