२०८२ माघ ८ गते बिहिवार

टेकु अस्पतालका ५० स्वास्थ्यकर्मी संक्रमित, कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाण्डौ,माघ ९ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।

आइतबार अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *