काठमाण्डौ,माघ ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दे छन ।
सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उनले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लागेका हुन ।
प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार