सन्तोष के.सी.तुलसीपुर, माघ ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित प्रा.वि.डाडापातुमा अध्ययनरत १४० जना विद्यार्थीहरुलाई न्यानो कपडा र माक्स वितरण गरिएको छ ।
गरिव तथा जेहेन्दार छात्र छात्राहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा र माक्स वितरण गरिएको हो ।
इन्द्रबहादुर स्मृति छात्रवृत्ति अक्षकोष तथा अम्मर भुमा स्मृति छात्रवृत्ति अक्षकोषबाट उक्त विद्यालयका १४० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा माक्स वितरण गरिएको हो ।
समाजमा रहेका गरिव तथा जेहेन्दार बालबालिकालाई सहयोग पुग्ने भन्दै अक्षकोष स्थापना कर्ताहरुले सो विद्यालयमा विगत ६ बर्ष देखि विद्यार्थीहरुलाई सहयोग हँुदै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश चौधरीको अध्यक्षता भएको कार्यक्रममा इन्द्रबहादुर स्मृति छात्रवित्ती अक्षकोषका संस्थापक लक्ष्मण केसी, समाजसेवी डिल्ली बहादुर केसी, विद्यालयका प्रधानाध्यापक नन्दराज भट्टराई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हुमबहादुर केसीले गरेका थिए ।