२०८३ असार २७ गते शनिवार

देउवा र प्रचण्डबीच भेटवार्ता, राजनीतिक समन्वय समितिको बैठक बोलाउनेबारे छलफल

काठमाण्डौ,माघ ३ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सोमबार बालुवाटारमा स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुवै नेताबीच छलफलपछि स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय भएको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *