
तुलसीपुर,पुस २६ । एकीकृत समाजवादी निकट युवा संघ दाङको अध्यक्षमा हरिश गिरीलाई चयन गरिएको छ ।
आइतबार तुलसीपुरमा भएको भएको संगठनको प्रथम भेलाले गिरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
गिरी तुलसीपुरका युवा ब्यबसायी हुन । उनी राजनीतिक रुपमा पनि सक्रिय छन भने मिडिया क्षेत्रमा पनि उनको उत्तिकै सक्रियता छ ।
उनले राजनीतिलाई सामाज रुपान्तरणको कडीका रुपमा लिनुपर्ने बताए ।
उक्त भेलाले ७७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा महेश नेपाली, जीतबहादुर ओली, मेकश परियार, विमला विक साजिदा मियार अरुण मगरलाई चयन गरिएको छ ।
त्यस्तै सचिब संगठनको बैठकबाट टुंगो लगाईने भएको छ । त्यस्तै सहसचिबमा आनन्द बुढाथोकी र जावेद अख्तरलाइ चयन गरिएको छ । भेलाले कोषाध्यक्षमा शिशिर पुनलाई चयन गरिएको छ ।
प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार